गण्डकी खबर । आज बिहान पौने सात बजेको समयमा स्याङ्जाको कालीगण्डकी नदीको किनारमा अन्दाजी ४० वर्ष उमेरको एक जना पुरुषको शव फेला परेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिनाेद सिलवालले दिएको जानकारी अनुसार कालीगण्डकी ५ बासटारी भक्याम बगरस्थित नदीको किनारमा सडेगलेको अवस्थामा नामथर र वतन नखुलेको पुरुषको शव फेला परेको हो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।