गण्डकीसमाचार

गण्डकी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने, बाढी र पहिरोको जोखिम

गण्डकी खबर । हाल देशभर सामान्य देखी पूर्ण बदली रही कास्कीसहित गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू, प्रदेश १, लुम्बिनी र बागमती प्रदेशका स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी २४ घण्टामा यी क्षेत्रहरूमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

बिहीबार गण्डकी प्रदेश सँगै, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरूमा धेरै भारी वर्षा हुने विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

शुक्रबार प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेश एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको तथा गण्डकीसहित बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button