गण्डकीसमाचार

पाेखरा महानगरकाे नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी खबर । पोखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीले आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम महानगरको नवौं नगरसभामा प्रस्तुत गर्नुभएको छ ।

पोखरfमा शुरु भएकाे नगरसभामा महानगर प्रमूख जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दृै पूर्वाधार, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेकाे बताउनु भएकाे छ ।

नीति तथा कार्यक्रममा कोभिड १९ नियन्त्रण गर्दै उहाँले महानगरबासीको जीवन रक्षाको लागि महानगरपालिकाले हर संभव कार्य गर्ने बताउनु भएको छ । सो क्रममा महानगरले विगतबाट संचालन गरेको आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसंचालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

महानगरले कोभिड १९ को कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीहरुलाई समय सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने योजना महानगरको रहेको छ ।

चार वर्षको अवधिमा वडा तथा महानगरपालिका स्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्रे एवं मर्मतका योजना, २९१ सडक ग्राभेल तथा स्तर उन्नतिका योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सम्पन्न भएको प्रमूख जिसीले बताउनु भएको छ् । त्यसैगरी अहिलेसम्म २३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति कार्य सम्पन्न भएका पनि उहाँको भनाइ छ ।

मुख्य सहरी सडकहरुको स्तरोन्नति गर्ने क्रममा पोखरा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा रु.४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने काम धमाधम भइरहेको छ । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको उहाँले जानकारी दिनु भएको छ ।

महानगरले देशको प्रमूख पर्यटकीय सम्पदाको रुपमा रहेको फेवातालसँगै बेगनासताल, रुपाताल, खास्टेताल, न्युरेनी, मैदी, दीपाङ, गुँदे तालको सिमांकन गर्नुका साथै तालहरुको विशेषता अनुसार सौन्र्दयकरण र दीर्घकालीन संरक्षणको योजना तयार पारेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । फेवाताल संरक्षणको योजनासहित अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएकोले सोही आधारमा संरक्षणको थप काम अघि बढेको पनि जनाइएको छ । लामो समयदेखि बिना सीमांकन रोक्का राखिएका जग्गाहरु फुकुवा गर्न पहल सुरु भएको नगरसभामा जानकारी दिइएको छ ।

महानगरका वडा नं. ३, ४, ७, ८, ९, १०, १२, १८ र ३३ मा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना गरी कर्मचारी व्यवस्थापन र संचालन गरिएका छ भने आयुर्वेद अस्पताल सहित ४६ वटा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र मार्फत सेवा प्रवाह गरिएको जनाइएको छ । पोखराको सिटी बस टर्मिनल निर्माण तथा लामेआहालमा प्रस्तावित बसपार्कको निर्माणको लागि पोखरा उपत्यका नगर विकास समिति एवं गण्डकी प्रदेश सरकारका सम्बन्धित कार्यालयहरुसँग सहकार्य गरिने भएकोछ । पोखरा १४ बिपी मार्ग नजिकै स्थानीय बसपार्क निर्माण कार्य अगाडि बढाउने महानगरको योजना रहेको छ ।

कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीमा परेको असर समेतलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालयहरूमा वेबसाइट निर्माण, इन्टरनेट, इन्ट्रानेट सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक कक्ष निर्माण कार्य अनिवार्य गरिने योजना महानगरले लिएको त्यस अवसरमा जानकारी दिइएको छ ।

स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनहरुको समर्थन मूल्य तोक्ने, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्ने तथा कृषि उत्पादनलाई पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आवद्ध गर्ने नीति निर्धारण गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button