गण्डकीसमाचार

प्रदेशवासी सबैलाई कोरोना विरुद्धको खोप दिलाउछौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप दिलाउने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको नवौं नगरसभालाइ सम्बोधन गर्दै नागरिकको जीवन जोगाउनका लागि बजेटको अभाव नहुने बताउनुभयो ।

संघ सरकारबाट अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रको आधारस्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्नेछ’।

उहाँले विकास निर्माणसहित राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप सहकार्य हुनुपर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button