गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ६३ जना पुरुष तथा ४९ जना महिला गरी ११२ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३९४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
३५२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ११२ सहित म्याग्दीका ३३ जना, पर्वतका १ जना, गाेरखाका ६ जना, तनहुँका ६२ जना,
बाग्लुङका १७ जना स्याङ्जाका १४ जना र नवलपुरका ६६ जना गरी प्रदेशका ९ जिल्लामा १७९ पुरुष तथा १७३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार २७३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३४९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ६०७ पुगेको छ ।
गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९२३ पुगेको छ।