गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३३७ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ३२ जना पुरुष तथा ३५ जना महिला गरी ६७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश

स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३४१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ६७ सहित म्याग्दीका ३५ जना, पर्वतका २२ जना, गाेरखाका ५३ जना, लमजुङका १ जना तनहुँका ४८ जना, बाग्लुङका ६१ जना स्याङ्जाका ३९ जना र नवलपुरका ११ जना गरी प्रदेशका ९ जिल्लामा १८३ पुरुष तथा १५४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार ६१० पुगेको छ। पछिल्लो २४

घण्टामा ३८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ९८७ पुगेको छ ।

गण्डकीमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९३४ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button