गण्डकी खबर । देशका अधिकांश स्थानमा आज (सोमबार) बद्ली भएर सामान्यदेखि मध्यम खालको
पानी पर्ने सम्भावना रहेको छ ।
देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार
अर्यालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमडाौं उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा
पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।