गण्डकीसमाचार

गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाइने

गण्डकी खबर । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र कोरोनाका कारण अभिभावक गुमाएका

बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

मन्त्रालयमा पदभार ग्रहणका क्रममा उहाँले सडकमा कोही पनि नागरिकले बास बस्नुपर्ने अवस्था नरहोस्

भन्दै उहाँले गण्डकीलाई सडक मानवमुक्त बनाउने निर्णय गर्नुभएको हो । संविधानले सबै नागरिकको

बाँच्न पाउने अधिकार दिएको बताउँदै उहाँले संविधान प्रदत्त अधिकार सरकारले उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मानव सेवा आश्रम जस्ता संस्थासँग सहकार्य गरेर सडकमा भएका नागरिकलाई आश्रममा राख्ने र त्यसको

दायित्व प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिएको मन्त्री खड्काले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना भाइरसका कारण

बाबुआमा गुमाएका बालबालिकालाई पाँच हजार रुपैयाँका दरले मासिक राहत उपलब्ध गराउने घोषणा गर्दै कार्यान्वयनको चरणमा अघि बढाइएको छ ।

लगत निकालेर यथासक्य चाँडो उनीहरूको खातामा पैसा पठाउने निर्णय गरिएको र पहिला आँकडा

निकालिने उहाँले बताउनुभयो । कार्यविधि तयार गरी संविधानले तोकेको समूहलाई बालबालिका मानेर रकम प्रदान गरिने उहाँको भनाइ छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button