गण्डकी खबर । पोखरामा सुतेको ठाँउमा अचेत अवस्थामा भेटिएकी एक युवतीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
कास्कीको पोखरा महानगरपालिका १६ बाटुलेचौरकी २८ वर्षीय शान्ता खड्काको उपचारको क्रममा
मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो बेलुका खाना खाएर सुतेकी खड्का आज बिहान पौने १० बजेसम्म नउठेपछि भाइले उठाउन
खोज्दा बेहोस अवस्थामा देखेको बताइएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बेहोस भेटिएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.ले जानकारी दिनु भएको छ ।