गण्डकीसमाचार

कास्कीमा आजदेखि सार्वजनिक सवारीसाधन चल्ने, अत्यावश्यक बाहेकका व्यवसाय ७ घण्टा मात्रै खुल्ने

गण्डकी खबर । कास्की जिल्लामा आजदेखि  सार्वजनिक सवारीसाधन चल्ने भएका छन् ।

कास्की प्रशासनले  आज बुधबारबाट लागु हुने गरी थप गरेको  निषेधाज्ञामा जिल्ला भित्रमात्र

जोरबिजोरका आधारमा  सार्वजनिक सवारीसाधन  संचालन हुने भएका हुन् ।

निजि सवारीसाधन पनि यसअघि जस्तै जोरबिजोरका आधारमा संचालन हुने छन् ।

निजी सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु तथा सार्वजनिक

सवारीसाधन जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन ।

साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ

बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।

सार्वजनिक सवारीसाधन संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्डहरु पुरा गरेर

संचालन गर्न प्रशाशनले भनेको छ ।

त्यसैगरि विभिन्र पेसा, व्यवसाय तथा पसलहरु बिहान ५ बजे देखि साँझ ६ बजेसम्म खुल्ने भएका छन।

प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् ।

तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल,

नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश

सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसायहरु

मध्ये अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्रीका पसल, तरकारी, पानी, फलफूल आदि बिहान ५ बजे

देखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ ।

यस बाहेकका पसल तथा सेवा व्यवसाय बिहान ११ बजे देखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ ।

ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

Top 5 Best Budget Smartphones You Can Get for Under $500
Top 7 Worst Actors Ever (See Why)
Your iPhone is Most Likely Infected With a Spyware…
11 Most Severe Injuries in the History of Sports

सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भएर संचालन नगरी अनलाइन रुपमा संचालन गर्न सकिने भएकाे छ । विवाह, ब्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न नपाइने भएको छ । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १५ जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृत्यु संस्कारबाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । त्यसैगरी फलफूल तथा तरकारीको थोक विक्रेताले विक्रिवितरण गर्न पाइने छैन ।

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुुवानी गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय संचालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्धतिबाट लागु गर्न प्रशासनले आग्रह गरेको छ ।

कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । असार १५ गते मध्यरातसम्म कायम निषेधाज्ञामा पुनः समय थप गरी असार २५  गतेसम्म पुर्याइएको हो ।  जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि असार २५ सम्म थप गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button