गण्डकीसमाचार

पर्वतमा स्थानीय जातका धान लोप हुँदै

गण्डकी खबर । पर्वतमा स्थानीय जातका धान लोप हुँदै गएका छन् ।

उन्नत जातका धान खेतीमा किसानको आकर्षण बढ्नु र कृषि सँग सम्बन्धित निकायले रैथाने जातको संरक्षणमा चासो नदिँदा स्थानीय जातको धान हराउँदै गएका हुन् ।

१२ वर्ष अघिसम्म बिहादी ३ रानीपानीका बालिका पराजुलीले फाँटैभरि जेठोबुढो, कनिजिरा र मन्सरो रोप्नुहुन्थ्यो ।

अहिले ति धान गाउँभरि खोज्दा बीउ समेत भेटिन्न ।

खानमा मिठो हुने जेठोबुढो, थापाचिनी, पहेँले, कनिजिरा र औषधीय गुण भएको अनादी धान

किसानहरुले रोप्नै छोडेका छन् ।

धेरै फल्ने हल्लाका पछाडी लागेका किसानहरु स्थानीय जातमा भन्दा उन्नत जातका धानमा आकर्षित

भएको फलेवास ४ मुडिकुवाका शालिग्राम लामिछाने बताउनुहुन्छ ।

पर्वतमा ९ हजार ८ सय हेक्टर खेतमा धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय जातका

धान हराउँदै गएपछि बिगत दुई वर्ष यता संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सरकारी निकायले परम्परागत धानका बीउ भन्दा उन्नत जातका बीउ लगाउन किसानलाई सिफारस गर्ने

र किसानहरु संरक्षणमा चासो नदिने कारण बहुउपयोगी, स्वादिलो र स्थानीय हावापानीमा राम्रो उत्पादन

दिने रैथाने धानका बीउ हराउँदै जान थालेका छन् । जुन चिन्ताको विषय हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button