गण्डकीसमाचार

म्याग्दीमा जीप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

गण्डकी खबर । म्याग्दीको सदरमुकाम बेनीमा यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घटनास्थलमै मृत्यु भएको छ। भने ६ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी बेनी नगरपालिका-५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका – १ का

१३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका-१

पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८ः२० बजे मंगला

गाउँपालिकाको-२ नेवारेखोलामा दुर्घटना भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button