गण्डकीसमाचार

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराइएको छ ।

डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड ३ मिटर गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्यालयमा नेपाली कांग्रेस वडा कार्य समिति पोखरा १७ का सभापति देवराज आचार्यले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मापदण्ड घटाउन अनुरोध गर्दै विज्ञप्ती हस्तान्तरण गरेका थिए ।

उक्त विज्ञप्तीमा पोखरा १७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँध देखि डेभिजफल हुँदै फुस्रेखोला सम्म) को नयाँ मापदण्ड हटाई ३ मिटर मापदण्ड कायम गराउन, डेभिजफल (पातलेछागो) हाल सम्म छोरेपाटन माविले भोगचलन, आयआर्जन गरिआएकोमा सोको विना सर्त निरन्तरता कायम राख्ने विषयहरु उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिकाले डेविजफल लगायत अन्यलाई आफ्नै अनुमानको आधारमा सेती नदिको मापदण्ड अनुसार कायम गर्नु आपत्तिजनक रहेको बताएको छ ।

गुप्तेश्वर गुफाको विच भागबाट २०० मिटर मापदण्ड कायम गरेको धेरै समय पहिलादेखि नै महानगरपालिकाले नै नक्सा स्वीकृत गरि भवन निर्माण गर्न अनुमति दिएकोमा हालको मापदण्डले चारैतिर रोक्का हुँदा स्थानीयहरु पिरमर्कामा परेको जनाएको छ ।

डेभिजफल खोला सामान्य र नियन्त्रित रुपमा वहाव रहेको उक्त खोलापनि ३० मिटरको मापदण्ड भनिएकोमा सो मापदण्ड आवश्यक नभएकोले ३ मिटर कायम गर्नको लागि अनुरोध गरिएको छ ।

डेभिजफल पर्यटकीय क्षेत्र भएकोले आकर्षक र रमणीय बनाउनुपर्नेमा विभिन्न बहानामा टेण्डर गराउन नपाइने बताउँदै भोगअधिकार प्राप्त संस्था छोरेपाटन माविलाई नै निरन्तरता दिनको लागि नेपाली कांग्रेस वडानं. १७ का सचिव डिआर भट्टराईले आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य पुण्डरीप्रसाद बराल, नेकाका नेता गुरु बराल लगायत नेपाली कांग्रेस वडा नं. १७ का पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button