गण्डकीसमाचार

तनहुँमा पहिरोले घर पुरियो, बाढीले पुल बगायो

गण्डकी खबर । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ ।

बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिनुभयो ।

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो ।

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् ।

घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button