गण्डकीसमाचार

तनहुँमा पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार

गण्डकी खबर । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै

आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।

चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय

विज्ञान भुजेललाई उद्धार गरिएको हो ।

दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । पहिराले ९

बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ ।

वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ ।

“बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ”,

उहाँले भन्नुभयो, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।

”वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button