गण्डकीसमाचार

तनहुँमा बाढीपहिराले २ जनाको ज्यान लियो,५ जना घाईते ठाउँ ठाउँमा राजमार्ग अबरुद्ध

गण्डकी खबर । लगातारको झरिका कारण तनहूँमा आएको बा’ढीपहिरोले ठूलो क्ष’ति पुर्‍याएको छ ।

बा’ढीपहिराले २ जनाको ज्यानै लिएको छ भने ५ जना घा’ईते छन् ।

जिल्ला प्रशासन कार्यालय तनहूँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले

पुरिएर बन्दीपुर ३ नम्बर वडा की ७२ वर्षकी हरिमाया नेपाली र ३० वर्षीय सरस्वती थापाको मृ’त्यु भएको छ । यस्तै बन्दीपुरमै ३ घा’ईते भएका छन् ।

बन्दीपुरका घा’ईतेको अहिले दमौली अस्पतालमा उपचार भई रहेको छ भने शुक्लागण्डकीका घाईतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भई रहेको छ ।

शुक्लागण्डकीमा दुई जना घा;ईते छ्न् ।

शुक्लागण्डकीको वडा नम्बर ९ मा बाख्राका गोठहरु, भैँसीको गोठहरु पु’रिएका छन् ।

उनका अुनसार शुक्लागण्डकीमा एक परिवारको एउटा भैँसी, ९ वटा बाख्रा र अर्को परिवारको १० बाख्रा, एउटा भैँसी पु’रिएको छ ।

तनहूँको खैरेनीटार लगायतका क्षेत्र जलमग्न भएका छन् भने जिल्लाका अधिकांश स्थानमा धान खेत बा’ढीले पु’रेको छ ।

पहिराले पृथ्वीराजमार्ग अन्र्तगतका थर्पु, आँबुखैरेनी लगायतका ठाउँमा बाटो नै छेकिएको छ ।

अहिले बाटो खुलाउने प्रयास भई रहेको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button