गण्डकीसमाचार

गण्डकी प्रदेशमा २ जना संक्रमितकाे उपचारकाे क्रममा मृत्यु

गण्डकी खबर । गण्डकी प्रदेशमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

तनहुँका २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखराका अस्पतालहरुमा उपचारकाे क्रममा उहाँहरुकाे मृत्यु भएकाे पनि निर्देशनालयकाे भनाइ छ ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा १ जना र चरक मेमाेरियल अस्पताल पाेखरामा १ संक्रमितले ज्यान गुमाएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९५८ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button