गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३७९ मा कोरोना संक्रमण पुष्टि

 गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ९६ जना पुरुष तथा ९८ जना महिला गरी १९४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश

स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

३७९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९४ सहित म्याग्दीका २१ जना, पर्वतका १० जना, गाेरखाका ९ जना, लमजुङका १४ जना

तनहुँका ४४ जना, बाग्लुङका २७ जना स्याङ्जाका १२ जना, मुस्ताङका २ जना र नवलपुरका ४६ जना

गरी प्रदेशका १० जिल्लामा १९८ पुरुष तथा १८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ५७७ पुगेको छ। पछिल्लो २४

घण्टामा ११६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका

कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९५८ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button