गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३६६ मा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ७७ जना पुरुष तथा ७२ जना महिला गरी १४९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

३६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४९ सहित म्याग्दीका ५ जना, पर्वतका ४२ जना, लमजुङका २१ जना, तनहुँका ५ जना,

बाग्लुङका ८४ जना स्याङ्जाका ४६ जना र नवलपुरका १४ जना गरी प्रदेशका ८ जिल्लामा १९९ पुरुष तथा १६७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ११६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३० पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९६१ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button