गण्डकीसमाचार

कास्कीमा ९७ सहित गण्डकी प्रदेशमा ३०२ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ५१ जना पुरुष तथा ४६ जना महिला गरी ९७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३०२

जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९७ सहित मनाङका १२ जना, मुस्ताङका ३ जना, म्याग्दीका ६ जना, पर्वतका १३ जना,

लमजुङका ३२ जना, तनहुँका २३ जना, बाग्लुङका ३१ जना, स्याङ्जाका ३६ जना र नवलपुरका ४४ जना

गरी प्रदेशका ११ जिल्लामा १६४ पुरुष तथा १३८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ४१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २१६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ३५० पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९६७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button