गण्डकीसमाचार

पाेखरामा लागूऔषधसहित युवक प्रहरीकाे नियन्त्रणमा

गण्डकी खबर । पोखरामा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई प्रहरीले चेकजाँच गर्नेक्रममा लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका ३२ गगनगौंडा बस्ने २२ वर्षीय जीवन थापा लागुऔषधसहित आज

दिउसो सवा १० बजे चिप्लेढुंगामा प्रहरी नियन्त्रणमा परेका हुन् ।

उनको साथबाट प्रहरीले नुरफिन ४ एम्पुल, फेनारागन एम्पुल ४ र डाईजापाम ४ एम्पुल गरी १२ एम्पुल फेला पारेको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका थापाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय

पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button