गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ५९ जना पुरुष तथा ७५ जना महिला गरी १३४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
३६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १३४ सहित मनाङका १ जना, म्याग्दीका ४ जना, पर्वतका २८ जना, गाेरखाका ४८ जना
लमजुङका १९ जना, तनहुँका ५२ जना, बाग्लुङका २७ जना, स्याङ्जाका २० जना र नवलपुरका ३३ जना
गरी प्रदेशका १० जिल्लामा १९३ पुरुष तथा १७३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ७८४ पुगेको छ। पछिल्लो २४
घण्टामा २८९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ६३९ पुगेको छ ।
गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९७४ पुगेको छ।