गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ५० जना पुरुष तथा ४२ जना महिला गरी ९२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६८

जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९२ सहित म्याग्दीका ३ जना, गाेरखाका ५५ जना, लमजुङका १८ जना, तनहुँका ३१ जना,

बाग्लुङका ९ जना, स्याङ्जाका १ जना र नवलपुरका ५९ जना गरी प्रदेशका ८ जिल्लामा १३४ पुरुष तथा १३४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार १६८ पुगेको छ। पछिल्लो २४ घण्टामा

३०२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३६४ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २० पुगेको छ।

भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना,  म्याग्दी जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button