गण्डकी खबर । गण्डकी प्रदेशका थप ५ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
मृतकहरु मध्ये २ जनाकाे पाेखराका र ३ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, गाेरखा जिल्लाका १ जना र नवलपुर
जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २५ पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः