गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ४१७ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १०० जना पुरुष तथा ९७ जना महिला गरी १९७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

४१७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९७ सहित मनाङका १ जना, पर्वतका ३९ जना, गाेरखाका ४९ जना, लमजुङका १५ जना,

तनहुँका २४ जना, बाग्लुङका ७ जना, स्याङ्जाका ३० जना र नवलपुरका ५५ जना गरी प्रदेशका ९ जिल्लामा २१३ पुरुष तथा २०४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ९२३ पुगेको छ। पछिल्लो २४ घण्टामा

२९४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button