गण्डकीसमाचार

पोखराका व्यवसायीलाई खोप उपलब्ध गराउन पोखरा उद्योग वाणिज्य सङ्घको आग्रह

गण्डकी खबर । पोखरा उद्योग वाणिज्य सङ्घले उद्योगी/व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई

कर तिर्ने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद भएको बताउनुभयो ।

माग सम्बन्धमा स्वाथ्यमन्त्री गुरुङले सङ्घ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको

जानकारी दिँदै यथासम्भव प्राथमिकताको आधारमा व्यवसायीलाई खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताउनुभयो ।

सङ्घका प्रतिनिधि मण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पनि सोही व्यहोराको

बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धक गर्न आग्रह गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button