गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ९४ जना पुरुष तथा ८५ जना महिला गरी १७९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
४३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १७९ सहित मनाङका ७ जना, म्याग्दीका २० जना, पर्वतका ३ जना, गाेरखाका २० जना,
लमजुङका २५ जना, तनहुँका २० जना, बाग्लुङका ६१ जना, स्याङ्जाका २९ जना र नवलपुरका ७४ जना
गरी प्रदेशका १० जिल्लामा २३० पुरुष तथा २०८ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ३६१ पुगेको छ। पछिल्लो २४ घण्टामा
२६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २९३ पुगेको छ ।
गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३८ पुगेको छ।