गण्डकीसमाचार

नेपाली कांग्रेस राष्ट्रियताको पर्यायवाची शक्तिको रुप हो: गण्डकी प्रदेश मुख्यमन्त्री

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताउनुभएको छ ।

बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले

कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक

आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको बताउनुभएको हो ।

“नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दु

प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको

३९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु”, मुख्यमन्त्री पोेखरेलले वक्तव्यमा भन्नुभएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर सङ्घर्ष गरेका कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा

समेत उत्तिकै उज्ज्वल रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जहानियाँ राणा शासनबाट नेपाल र

नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारधारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय

प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उहाँले गर्नुभएकोे योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने बताउनुभएको छ ।

“राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ ।

लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरूका लागि बिपीका सिद्धान्त र आदर्श

जहिल्यै पनि मूल मन्त्रका रुपमा स्थापित भएका छन् भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी

आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ”, वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दूरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको

बताउँदै उहाँले सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रविन्दुमा राखेको बताउनुभयो ।

राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने बिपीको धारणा

रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत

नहुने हँुदा राजनीतिको मूल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।

उहाँले मुलुकको समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अङ्गीकार गर्न तथा उहाँले देखाएको

प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन

प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुभएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button