गण्डकीसमाचार

पोखरामा आज मोटरसाइकल र स्कुटर ठोक्किएर घाइते भएकी युवतीकाे अवस्था गम्भीर

गण्डकी खबर । आज दिउसो पोखरा महानगरपालिका २७ तालचोकमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा  ३ जना घाइते भएका छन् ।

घाइते मध्ये मोटरसाइकलमा पछाडि सवार युवतीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ ।

बिहीबार दिउसो १२ बजेको समयमा बा ८८ प ७०८७ नंको स्कुटर र ग २० प ४६७२ नंको मोटरसाइकल तालचाेकमा एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जना र स्कुटरचालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका ३ का २८ वर्षीय गणेश बस्ताकोटीको अवस्था सामान्य छ ।

भने मोटरसाइकलमा पछाडि सवार उनकी भाइबुहारी २४ वर्षीया रुबिना बस्ताकोटी भुजेलको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका २ का ३३ वर्षीय अनिल बिकको अवस्था मध्यम रहेको प्रहरीकाे भनाइ छ ।

घाइतेहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र दुर्घटनाका बारेमा थप

अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button