गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ४७१ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १३९ जना पुरुष तथा १३५ जना महिला गरी २७४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४७१

जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २७४ सहित म्याग्दीका ७ जना, पर्वतका ५ जना, गाेरखाका ३९ जना, लमजुङका ३ जना,

तनहुँका ३४ जना, बाग्लुङका ३१ जना, स्याङ्जाका २१ जना र नवलपुरका ५७ जना गरी प्रदेशका ९

जिल्लामा २३६ पुरुष तथा २३५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६३ हजार १९५ पुगेको छ। पछिल्लो २४

घण्टामा ६५५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ४४ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button