गण्डकीसमाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा सङ्क्रामक रोग अस्पताल निरीक्षण

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उनले प्रदेशका

नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनले प्रोत्साहन

रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आइसोलेशनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकीका प्रमुख सचिव डा दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए।

अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले

छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button