गण्डकीसमाचार

पाेखराको बगरबाट अवैध दुई नाले ‘टुवेलवर’ बन्दुक सहित गुरुङ पक्राउ

गण्डकी खबर । पोखराको बगरबाट अवैध दुई नाले ‘टुवेलवर’ बन्दुक सहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति १० बजेको समयमा पोखरा महानगरपालिका १६ दीप बस्ने ५५ वर्षीय भरत गुरुङलाई अवैध

हतियार र नगद रकमसहित वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पाेखरा १ बगरस्थित पिएन क्याम्पस अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङले चलाएको ग २ च

४३७४ नम्बरको कारको डिक्कीमा अवैध रूपमा लुकाइ राखेको अवस्थामा १ थान दुई नाले ‘टुवेलवर’ बन्दुक फेला परेकाे हाे ।

बन्दुक लुकाइएकाे कार, १ थान मोबाइल र नगद १६ हजार रुपैयाँसहित उी पक्राउ परेकाे जिल्ला प्रहरी

कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ४ दिन

म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक हमालले बताउनु भएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button