गण्डकी खबर । गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुने ३ नयाँ मन्त्रीहरुको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट प्रदेश सभा सदस्यहरु कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्न लाग्नु भएको हो ।
गण्डकी प्रदेशमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार छ ।
गत जेठ २९ मा गठन भएको सरकारमा यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का, माओवादीबाट
मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ ।
यसअघि हिजो मात्र माओवादी केन्द्रले आफ्नो भागमा परेका तीन मन्त्रीको टुंगो लगाएको थियो ।
माओवादीबाट प्रदेश सभा सदस्यहरु कास्कीका रामजी बराल जीवन, बाग्लुका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक थापाको नाम टुंगो लगाएको हो ।
काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको हो ।रासस