गण्डकीसमाचार

गण्डकी प्रदेशमा उपचाररत थप ४ जना संक्रमितको मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित भई पोखरामा विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस

अस्पताल र मणिपाल अस्पतालमा उपचाररत तिन पुरुष र एक महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले शनिबार जानकारी दिएको छ ।

निर्देशनालायका अनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय

अस्पतालमा उपचाररत कास्की रुपा गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै साउन १ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार १३ का ७६ वर्षीय पुरुषको शनिबार निधन भएको हो ।

गत असार २७ गते कोरोना संक्रमण पुष्टि भई मेडिप्लस अस्पताल पोखरामा उपचाररत स्याङ्जा

भिरकोट ७ का ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भई मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत महाशिला ५ की ५३

वर्षीय महिलाको सोहि दिन उपचारको क्रममा मृत्यु भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५० पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button