गण्डकीसमाचार

पोखरामा मोटरसाइकल र भ्यान ठक्कर खाँदा चालकको मृत्यु, एक गम्भीर घाइते

गण्डकी खबर । पोखरामा मोटरसाइकल र भ्यान एक आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ११ बजेको समयमा पोखरा महानगरपालिका २६ बुढीबजारमा ग १ च ९२४५ नंको

भ्यान र ग २१ प १२५० नंको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल

चालक दोलखाको मालि गाउँपालिका घर भइ हाल पोखरा २६ बस्ने २३ वर्षीय बिनोद क्षेत्री घाइते भएका थिए ।

घाइते बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने दोलखा माली गाँउपालिकाका १९ वर्षीय साङ्गे शेर्पा घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

भ्यानमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका १२ का २८ वर्षीय विशाल गुरुङ र रिसिङका २४

वर्षीय जयराम थापा समेत भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनु भएको छ ।

दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button