गण्डकी खबर । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखराको मिलिटरी अस्पताल, मणिपाल शिक्षण अस्पताल र धाैलागिरी
अस्पताल बाग्लुङमा उपचाररत दुई पुरुष र दुई महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले आइतबार जानकारी दिएको छ ।
निर्देशनालायका अनुसार असार ११ गते कोरोना संक्रमण पुष्टि भई बाग्लुङकाे धाैलागिरी अस्पतालमा उपचाररत बाग्लुङकाे जैमिनी गाउँपालिका ९ का ५२ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै साउन ७ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गाेखराकाे
पालुङटार नगरपालिका ३ का ७० वर्षीय पुरुषको शनिबार निधन भएको हो ।
साउन १ गते कोरोना संक्रमण पुष्टि भई मणिपालमा उपचाररत कास्कीकाे पाेखरा महानगरपालिका ११
की ६३ वर्षीया महिलाकाे आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
साउन १ गते नै कोरोना संक्रमण पुष्टि भई मिलिटरी अस्पताल पोखरामा उपचाररत पाेखरा ३० की ५०
वर्षीय महिलाको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५४ पुगेको छ ।