गण्डकीसमाचार

सेती नदिबाट अवैध उत्खनन् गर्ने ५५ सवारीसाधन कास्की प्रहरीको नियन्त्रणमा

गण्डकी खबर । पोखराको सेती नदिबाट अवैध उत्खनन् गर्ने ५५ सवारीसाधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका १९ पुरनचौर स्थित ढोडेनीघाटमा गिट्टी तथा बालुवा उत्खनन् गरिरहेकै

अवस्थामा उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको

प्रहरीको टोलीले उक्त शनिबार बिहान २२ वटा टिपर, १७ वटा मिनी टिपर र १६ वटा ट्याक्टर गरी ५५ वटा सवारी साधन नियन्त्रणमा लिएको ।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई कारवाहीको प्रक्रियाको लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button