गण्डकीसमाचार

गण्डकी प्रदेशमा करको दायरा बढाउनुपर्नेमा जोडः मन्त्री कुमार खड्का

गण्डकी खबर । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले

करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।

आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताउनुभएको थियो ।

कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए ।

समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका

पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button