गण्डकीसमाचार

गाउँमा पसेको चितुवा खोरमा नियन्त्रण

बलेवा, ११ साउन (रासस) : बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् ।

स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो ।

केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँं कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उहाँले बताउनुभयो ।

फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

“बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना ग¥यौंँ” वडाध्यक्ष

चक्रबहादुर खत्री भन्नुहुन्छ, “डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।”

वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो ।

नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button