गण्डकीसमाचार

पोखराको बरालफिड नजिकै स्कूटरको ठक्करबाट स्याङ्जाका गुरुङको मृत्यु

गण्डकी खबर । पोखरामा स्कूटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. ४ का ५० वर्षीय खेमबहादुर गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

आइतबार राति करिब ७ः३० बजे पोखराको छोरेपाटनबाट बिरौटातर्फ आउँदै गरेको ग९प ७५०९

नम्बरको स्कूटरले बरालफिड नजिकै गुरुङलाई ठक्कर दिएको थियो ।

स्कूटरको ठक्करबाट घाइते भएका गुरुङको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा राति १२

बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

ठक्कर दिने स्कूटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी हमालले जानकारी दिए ।

श्रोत: gandaki voice

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button