गण्डकी खबर । कोरोना संक्रमित भई पोखरा, बाग्लुङ र चितवनका विभिन्न अस्पतालमा उपचाररत गण्डकी प्रदेशका थप आठ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखराको गण्डकी मेडिकल कलेज, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चरक
मेमाेरियल अस्पताल, धाैलागिरी अस्पताल बाग्लुङ र चितवनकाे भरतपुर अस्पतालमा उपचाररत तीन
पुरुष र पाँच महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले साेमबार जानकारी दिएको छ ।
निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा
जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६२ पुगेको छ ।
विवरण यस्ताे छः