गण्डकीसमाचार

गण्डकी प्रदेश प्रमुखमा गुरुङ नियुक्त

गण्डकी खबर । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पुथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई

राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को आजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख

सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा उहाँहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button