गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ८ संक्रमितकाे मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत  सातजनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

नवलपुरमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएका एकजनासहित गण्डकी प्रदेशका थप आठ जना संक्रमितकाे मृत्यु भएकाे आज पुष्टि भएकाे छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको मेडिप्लस अस्पताल, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी

मेडिकल कलेज, फेवासिटी अस्पताल, संक्रामक तथा सरुवा राेग अस्पताल र  धाैलागिरी अस्पताल

बाग्लुङमा उपचाररत चार पुरुष र तीन महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले  जानकारी दिएको छ ।

त्यसैगरी नवलपुरमा अस्पताल लैजाँदै गर्दा एकजना महिलाकाे मृत्यु हाे ।

निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा

जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ ।

विवरण यस्ताे छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button