गण्डकीसमाचार

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले सपथ लिए

गण्डकी खबर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो ।

उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button