गण्डकीसमाचार

पोखरा खण्डमा कालोपत्रको काम लगभग सम्पन्न :मध्यपहाडी राजमार्ग

गण्डकी खबर । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका बैकुण्ठ भण्डारी पोखरा आवतजावत

गर्न हिलो र धुलोले गर्दा राजमार्गको बाटो छाडेर सराङकोटको फेरो घुम्ने गर्नुहुन्थ्यो ।

यसरी घुम्नुपर्दा आधा घण्टाभन्दा कमको बाटोमा उहाँलाई पोखरा पुग्न एक घण्टाभन्दा बढी लाग्थ्यो ।

घरमुनिको निर्माणाधीन राष्ट्रिय गौरवको पुष्पलाल(मध्यपहाडी) राजमार्गमा बर्खामा हिलो र हिउँदमा

धुलोको समस्याका कारण उहाँले तीन वर्ष दैनिक सिधा बाटो छाडेर सराङकोटको फेरो घुम्नुभएको हो ।

पोखरा-बाग्लुङ (भूपि शेरचन) राजमार्ग स्तरोन्नति गरी मध्यपहाडी राजमार्गका रूपमा विस्तार गर्ने भन्दै दुई लेनको पक्की सडक भत्काइएको थियो ।

भत्काइएको सडक पुनःनिर्माणमा विलम्ब हुँदा जिल्लाको पश्चिमी भेगसहित साविकको धवलागिरिका

पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका नागरिक हण्डर र सास्ती खेप्न बाध्य थिए ।

फराकिलो पारिएको सडक जीर्ण र बर्खायाममा हिलाम्ये हुन्थ्यो ।

साविकको दुई लेन फराकिलो बढाएर छ लेन ९३० मिटर फराकिलो सडक बनाउने योजना रहे पनि भत्काइएका स्थानमा लामो समय काम अघि बढेको थिएन ।

अहिले भने सडक निर्माण सम्पन्न हुनै लाग्दा सहज भएको छ । फराकिलो र चिल्लो सडकले आवतजावत सहज मात्र बनेको छैन, सुन्दरतासमेत थपेको छ ।

“हामीले पूरै तीन वर्षसम्म राजमार्गको यात्रा गरेनौँ । पानी परेपछि हिलोले साना सवारी साधन चलाउन

सक्ने अवस्था हुँदैन्थ्यो, ठूला सवारी साधनसमेत हिलोमा फस्दा घण्टौँ जाम हुन्थ्यो”, भण्डारीले भन्नुभयो, “अहिले भने सहजरूपमा यात्रा गर्न पाइएको छ, हिलो र धुलोको चिन्ता छैन ।”

उक्त राजमार्गको पश्चिम खण्डअन्तर्गत याम्दीबाट कास्की–पर्वत सिमानाको नयाँपुलसम्म ३७ किमीमध्ये

घट्टेखोला–नयाँपुलको २५ किमी सडक पूरै तयार भएको छ । यसैगरी पोखरा महानगरपालिका–२५

याम्दीबाट घट्टेखोलासम्मको १२ किमी सडकको अधिकांश स्थानमा कालोपत्र सकिएर निर्माण अन्तिम चरणमा पुगेपछि चालक र यात्रुमा खुशी छाएको छ ।

गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित याम्दी–घट्टेखोला खण्डमा काम भइरहेकामा कोरोना

भाइरसको महामारी र छिटो मनसुन शुरु भएकाले निर्धारित समयमा हुन सकेको थिएन । याम्दीबाट

सुुइखेतसम्म छ किमी र सुइखेतबाट घट्टेखोला छ किमी २०० मिटर सडक दुई खण्डमा गरी ठेक्का

सम्झौता भएकामा समग्रमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जीनियर अनन्त बरालले बताउनुभयो ।

उहाँका अनुसार बर्खा शुरु भएकाले हाल आयोजनाको काम बन्द भएको र पानी पर्न रोकिएपछि असोजदेखि पुनः शुरु भएर आगामी मङ्सिर भित्रमा सम्पन्न हुनेछ ।

“गत आवको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो”, इञ्जीनियर बरालले भन्नुभयो,

“तराईका जिल्लामा लकडाउनका कारण गरिएको कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन

सकिएन, यस वर्ष अर्ली मनसुनका कारणबाट पनि आयोजनाले निर्धारित समयमा पूर्णता पाउन सकेन ।”

याम्दी–सुइखेत खण्डमा सडक कालोपत्रको काम सकिएको छ । सडकमा साइनबोर्ड, मेडियन

डिभाइडरमा पिसिसी, रोड मार्किङ र पेन्टिङको काम बाँकी छ । सइखेत–घट्टेखोलामा दुई किमी सडक कालोपत्र गर्न बाँकी छ ।

घट्टेखोला नयाँ पुलसम्मको पक्की सडक केही महिनाअघि नै सकिएको थियो । हाल केही ठाउँमा

बर्खाका कारणले सडक भत्किए पनि डिएलपी ९डिफेक्ट लियाविलिट पिरियड० आगामी एक वर्षसम्म रहेकाले मर्मतको जिम्मा निर्माण कम्पनीको रहने बताइन्छ ।

आगामी वर्षमात्र सो सडक निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गर्नेछ ।

विद्युत् प्राधिकरण र खानेपानी संस्थानसँग समन्वय नहुँदा विद्युत्का खम्बा र खानेपानी पाइप समयमै

स्थानान्तरण गर्न नसकिएको र पहिलो चरणको कोरोना महामारी रोक्न लागू गरिएको निषेधाज्ञालगायत कारण देखाई आयोजनाको म्याद पटक–पटक थप गरिएको थियो ।

कोरोनाकै कारण पछिल्लोपटक पनि सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप गर्ने योजना बजेटमै उल्लेख गरेकाले म्याद थप हुने आयोजनाले जनाएको छ ।

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८

करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२

लाख ५० हजार ५२९को लागतमा ठेक्का सम्झौता गरेको थियो । घट्टेखोला–नयाँपुलसम्मको ठेक्का दिवा एपेक्स कन्स्ट्रक्शनले पाएको थियो ।

यसको लागत रु ९६ करोड ७४ लाख ११ हजार १०७ थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button