गण्डकीसमाचार

पोखरामा पहेँलो धातुलाई सुन हो भन्दै ठग्न खोजेको आरोपमा ७ जना पक्राउ

गण्डकी खबर । कास्की प्रहरीले पहेँलो धातुलाई सुन हो भन्दै ठग्न खोज्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

सुन भनेर पहेँलो धातु देखाएर बिक्री गरी ठगी गर्न खोजेको अभियोगमा बुधबार पोखरा २ मिरुवाबाट ७ जनाको गिरोहलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा म्याग्दी रघुगंगा -३ राखु घर भई मिरुवा बस्ने ४२ वर्षीया विमला दमाई, रुपन्देही देवदह -५ नमुना टोल घर भई पोखरा -६ फिर्के बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका

-३ पाउदुर घर भई पोखरा -३ मिरुवा बस्ने ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप सुकाजोर नगरपालिका -७ बिर्ता घर भई हाल पोखरा -१० राम बजार बस्ने २३ वर्षीय अनिल भुजेल रहेका छन्।

त्यसै गरी सर्लाही बागमती नगरपालिका -१ डापडाँडा घर भई पोखरा -१० राम बजार बस्ने ४२ वर्षीय इन्द्र बहादुर बलम पाकी, चितवन टाँडी नगरपालिका -२ घर भई पोखरा -८ सृजनाचोक बस्ने ३४ वर्षीय

भुवन बिक र चितवन राप्ती नगरपालिका -९ घर भई पोखरा -१० राम बजार कृष्ण मन्दिर बस्ने ३५ वर्षीय प्रकाश परियारलाई पक्राउ गरिएको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

हमालका अनुसार पोखरा ८ सृजनाचोक स्थित पर्वत सुनचाँदी पसलमा कालिगडको रूपमा काम गर्ने भुवन सहितका व्यक्तिले सुन भनेर 999.9 Fine Gold YS-180A लेखिएको ६५४ ग्राम नक्कली धातु

बेची ठगी गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले उक्त धातु र ८ थान मोबाइलसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरु विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button