गण्डकीसमाचार

पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाईयो

गण्डकी खबर । पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ ।

महानगरकाे वडा कार्यालयले अर्काे सूचना नभएसम्मका लागि महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक लगाएकाे हाे ।

पोखरा महानगरपालिका वडा नं २२ कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको जनाएको छ ।

 

वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button