गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाकोआरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा
३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा
२ हजार ४६७ जना र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।
भने पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।