गण्डकीसमाचार

काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप ५ जनाकाे मृत्यु

गण्डकी खबर । कोरोना संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पाेखरा

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई पुरुष र तीन महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले शुक्रबार जानकारी दिएको छ ।

 

निर्देशनालायका अनुसार साउन १३ गते कोरोना संक्रमण पुष्टि भई पोखराको  मणिपाल शिक्षण

अस्पतालमा उपचाररत कास्कीकाे पाेखरा महानगरपालिका २७ का ६६ वर्षीय पुरुषको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो ।

 

त्यस्तै साउन १३ गते कोरोना संक्रमण पुष्टि भई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत

कास्कीकाे अन्नपूर्ण गाँउपालिका ४ की ८०  वर्षीया महिलाको बिहीबार निधन भएको हो ।

 

साउन ९ गते कोरोना संक्रमण पुष्टि भई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा

उपचाररत कास्कीकाे  मादी गाँउपालिका ५ की ४२ वर्षीया महिलाकाे शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

 

साउन २ गते  कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत स्याङ्जाकाे

पुतलीबजार नगरपालिका १३ की ४३ वर्षीया महिलाको  बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

 

साउन १ गते  कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत स्याङ्जाकाे

पुतलीबजार नगरपालिकाका ४५ वर्षीय पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

 

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button