गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

। कास्कीमा १३६ जना पुरुष तथा ११९ जना महिला गरी २५५ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५१९ जनामा

कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २५५ सहित गाेरखाका ५७ जना, लमजुङका २ जना, तनहुँका १०७ जना, बाग्लुङका ८ जना,

स्याङ्जाका ३६ जना र नवलपुरका ५४ जना गरी प्रदेशका ७ जिल्लामा २५८ पुरुष तथा २६१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ७०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ६४८ पुगेको छ ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ९६ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button